२०७८ श्रावण १४, बिहीबार
July 29, 2021, Thursday

केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार गरेको देशका सबै स्थानीय तहमा विरोध सभाका क्रममा डोटीको आदर्श गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘लुट्नसके लुट् कान्छा भन्ने प्रबृत्ती मौलाएको छ । कम्युनिष्टका गाउँदेखी केन्द्रसम्मका शासकहरु लुट्नमै लागेका छन्,’ उनले भने,‘खबरदार कोही बच्दैनौँ । कांग्रेस जितेर आएर सबैका फाईल खोल्छौ । सबैलाई जेल कोच्छौ ।’ जनताको पसिनाबाट आर्जेको राज्यस्रोतमाथिको दोहन कांग्रेसलाई असह्य भएको उनले बताए ।

‘कांग्रेले साना दुखले जोडेको राज्यस्रोत होईन त्यो । जनतालाई भ्रममा राखेर बटुलेको जनमतको बलमा भ्रष्टाचार गरेर उम्कने सपना नदेखे हुन्छ,’ उनले भने । अवको निर्वाचनपछि कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गर्दै उनले त्यसपछि भ्रष्टहरुको सम्पत्ती सुद्धिकरण गरिने उनले बताए ।

सरकारले असंबैधानिक रुपमा प्रतिनिधिसभा विगठन गरेर आफ्नौ प्रबृत्ती दर्शाएको नेता उपाध्यायले बताए । उनले भने,‘केपीले संसद विघटन गरेका मात्रै होईनन् । कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् । कम्युनिष्ट शासनका लागि अफापसिद्ध छन भन्ने कुरालाइ पुनर्पुष्टि गरेका हुन ।’

कांग्रेस सम्मानित अदालतको निर्णय पर्खेर अघि बढ्ने पनि उनले बताए । ‘हामी सम्मानित अदालतको निर्णय पर्खेका छौ । त्यसपछि देशलाई समेट्दै अघि बढ्न तयार छौ ।’
आदर्श गाउँपालिकामा स्वास्थ्यकर्मी विरामी हुँदा समेत एम्बुलेन्स नपाएको घटनाप्रति उनले खेद प्रकट गरे ।

कार्यक्रममा शिखर नगरपालिकाकी उपप्रमुख धौलीदेवी रावल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रनाथ ओझा लगायतले सम्बोधन गरेका थिए ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ माघ ४

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ माघ ४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ माघ ४

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP