डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले कांग्रेसको जगमा टेकेर खलनायकको चरित्र देखाएकाे आरोप लगाए । नेपाली कांग्रेस जोरायल गाउँपालिकाले जोरायलमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले कम्युनिष्टहरूले मुलुकमा खलनायकको भूमिका निर्वाह गरेको बताए ।
जोशीले कांग्रेसले ठूलो त्याग, तपस्या, जेलनेल गरेर स्थापना गरेको लोकतन्त्र, कांग्रेसको नेतृत्वमा ल्याएको विश्वकै उत्कृष्ट संविधान, राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन र कांग्रेसले बसालेको जग सिस्टममा टेकेर सत्ता सम्हाले देखि खलनायकको चरित्र प्रदर्शन गरेको बताए ।
कम्युनिष्टहरुलाई जनताले दुई तिहाई मत दिएर सत्तामा चढाए देखि उनीहरू नेतृत्वको सरकार जहिलै गलत भूमिकामा रहेको सचिव जोशीले बताए । उनले भने,’कम्युनिष्टहरुले भ्रष्टाचार, बलात्कार, हत्या हिंसा, अपराधलाई प्राथमिकतामा राखेर खलनायकको भूमिका प्रदर्शन गरे त्यसको उपज कांग्रेसले अब नायकको भूमिकामा रहेर मुलुकलाई संकटबाट जोगाउने समय आएको छ ।, मुलुकमा संकट आउँदा जहिलै कांग्रेसले नायकको काम गर्दै आएको छ अब वडा देखि केन्द्र सम्मका कांग्रेसले त्यो भूमिका निर्वाह गर्न जरुरी छ ।’
कम्युनिष्टहरुको चरित्र व्यवहारका बारेमा कांग्रेसले बोल्नै नपरेको बताउँदै जोशीले नेकपाका नेताहरु आ-आफै एकले अर्कालाई चोर, फटाहा भन्दै एकअर्काको पोल खोल्न थालेकाले तिनीहरूको चरित्र छर्लङ्ग भएको बताए ।
विरोध सभामा बोल्दै नेपाली कांग्रेसका नेता पूर्व उप-सभापति दीपक विष्टले कम्युनिष्ट पतनको बाटोमा रहेको बताए । लोकतन्त्रका विरुद्ध धावा बोल्ने, कांग्रेससँग जोरी खोज्ने राणा र राजा पतन भएको बताउँदै अब कम्युनिष्टहरू पनि पतन हुने बताए ।
नेता विष्टले कम्युनिष्टहरू हिजो पनि लोकतान्त्रिक नभएको र आज भोलि पनि लोकतान्त्रिक हुन नसक्ने बताए । उनले निर्वाचनमा जान कम्युनिष्टहरू सँग कुनै एजेण्डा नरहेको बताए । उनले भने,’ कम्युनिष्टहरू अब के भनेर के एजेण्डा लगेर जान्छन् ? अब सुन खाए, जहाज खाए, बलात्कारी बचाए, भ्रस्टाचार गरे, संविधान माथि कु गरे भनेर जनतामा जान्छन् । अब कम्युनिष्टहरू निर्वाचनमा जान सक्दैनन् ।’
नेता विष्टले कम्युनिष्ट नेतृत्वको सरकारले संविधान माथि कु गरेर, अनैतिक रूपले संसद् विघटन गरेर जनमत, जनता र राष्ट्रको अपमान गरेकोमा आपत्ति जनाए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य खेमराज भण्डारीले जनहित, राष्ट्रहितका लागि लोकतन्त्रको संरक्षण अति आबस्यक भएको बताए । उनले लोकतन्त्रको कार्यान्वन संरक्षण कांग्रेसले मात्रै गर्न सक्ने भएकाले मुलुकमा कांग्रेसको विकल्प नरहेको बताए ।
नेपाली कांग्रेस जोरायल गाउँपालिकाका सभापति मोहन बहादुर मल्लको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रमममा सचिव जोशी प्रमुख अथिति रहेका थिए । नेपाली कांग्रेसका नेता पूर्व उप-सभापति विष्ट विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा कांग्रेस जिल्ला सदस्य भण्डारी, टेक बहादुर मडै, भाष्कर भट्ट,नेपाल सांस्कृतिक संघकी अध्यक्ष चन्द्रा साउद, प्रेस युनियन सचिव पवन महरा, कांग्रेस क्षेत्रीय कोषाध्यक्ष छतेस मल्ल लगाएतको सहभागिता रहेको थियो ।
तरुण नेता कविराम डाँगीले सञ्चालन गरेको विरोध सभामा जोरयाल गाउँपालिकाका सह – सभापति नर बहादुर बोहराले स्वागत मन्तव्य राखेका थिए ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...