काठमाडौँ – प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै परेका रिटहरुको सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।
यसअघि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल ल्याएका थिए ।
न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएका हुन् ।
गएको बुधबारदेखि नै रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागितालाई लिएर आपत्ति जनाइएको थियो।
उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएसँगै अब प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासमा सुनुवाई सुरु भएको हो ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...