२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा सपनाप्रधान मल्लको ‘इन्ट्री’

काठमाण्डौं– प्रतिनिधिसभा विघट्नसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले गर्ने भएकी छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा अन्य न्यायाधीश भने पुरानै राखिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहितका पाँच न्यायाधीशको इजलासमा जारी सुनुवाइका क्रममा न्यायाधीश हरिकृष्ण कार्की बाहिरिए पछि उनको स्थानमा न्यायाधीश मल्लको नाम सर्वोच्च अदालतलतले आजको दैनिक पेसी सुचीमा समावेश गरेको हो ।

न्यायाधीश हरिकृष्ण कार्कीको विषयमा प्रश्न उठेपछि पुस २२ मा उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आफू नबस्ने घोषणा गरेका थिए।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत विपक्षीबाट लिखित जवाफ आइसकेको अवस्थामा पुस २२ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको पेसी तय भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका थिए। तर, न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा सामेल नहुने निर्णय लिएपछि बहस रोकिएको थियो। कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीश सपना प्रधान मल्ललाई इजलासमा राखेका छन्।

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका एक दर्जन रिटका निवेदकले संवैधानिक इजलासबाहेक बृहद् पूर्ण इजलास गठनको माग गर्दै आएका छन्। यसअघि रिट निवेदकको निवेदन प्रशासनिक तवरबाट अस्वीकार गरिएको थियो।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP