पाटेबाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।
हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा आइतवारदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।
बाघको आक्रमणबाट शुक्रबार कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरकी ५० वर्षिया नन्दकला थापाको मृत्यु भएको थियो । छोरा सन्तोषसंग मोटरसाईकलमा कोहलपुरबाट घर आउँदै गर्दा बाघले आक्रमण गरेको थियो ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...