२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा वर्षा हुने : उच्च भूभागमा हिमपातको सम्भावना

पश्चिम नेपालमा पनि पश्चिमी वायुको प्रभाव देखिएको छ । भारतको राजधानी दिल्ली लगायतका क्षेत्रमा शनिबारदेखि वर्षा सुरु भएकोमा त्यसको असर पश्चिम नेपालमा पनि परेको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायु सक्रिय भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आइतबार दिउँसो पानी पर्ने देखिएको छ ।

‘यो पटक पश्चिमी वायु सक्रिय भएको देखिन्छ, यसको प्रभाव पनि बेसी नै हुन्छ,’ अर्यालले भने, ‘मंगलबारसम्म मध्य नेपाल हुँदै काठमाडौं उपत्यकासम्म प्रभाव पर्न सक्छ ।’ मौसमविद अर्यालका अनुसार हिउँदे वर्षाका कारण हिमाली क्षेत्रमा हिमतापको सम्भावना छ । आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेकामा यो प्रक्रिया क्रमशः पूर्वतिर सर्दै जाने देखिन्छ ।

‘तापक्रममा कमी साथै सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हल्कादेखि मध्यम वर्षा हुने र त्यसक्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ पुष १९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP