डाटी- आदर्श गाउँपालिका वडा नं. ३ का टोलमा नेपाली कांग्रेसको टोल समिति तथा भातृ संगठन विस्तार गरिएको छ । टोलमा तरुण दल, महिला संघ, दलित संघ तथा पाँच वटा टोल समिति गठन गरिएको संयोजक तथा नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष गणेश खड्काले जानकारी दिए ।
स्थानीय योगेन्द्र शाहीको अध्यक्षतामा १३ सदस्यीय तरुण दल, बिष्ना भट्टको अध्यक्षमा ११ सदस्यीय महिला संघ र मोहन बिकको अध्यक्षतामा १५ सदस्यीय दलित संघ गठन गरिएको खड्काले जानकारी दिए ।
त्यस्तै वडाको विभिन्न टोलमा टोल समिति समेत गठन गरिएको नेपाली कांग्रेस आदर्श गाउँपालिकाले जनाएको छ । झुणा टोलमा हिक्मत शाहीको अध्यक्षतामा २७ सदस्यीय, अैली टोलमा धर्म बहादुर बिकको अध्यक्षतामा २९ सदस्यीय, काँणी टोलमा धनबहादुर रोकायाको अध्यक्षतामा ४९ सदस्यीय टोल समिति कठन गरिएको खड्काले बताए । त्यस्तै नुवाकोट टोलमा भुमिराज भट्टको अध्यक्षतामा ३५ सदस्यीय र वल्ला नुवाकोटमा अमरराज भट्टको अध्यक्षतामा २३ सदस्यीय टोल समिति कठन गरिएको छ ।
डडेल्धुरा- डडेल्धुरामा चरेशसहित २ जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–७...