नेपालगञ्ज – गुडिरहेको मोटरसाइकलमा सवार महिलालाई पाटेबाघले अपहरण शैलिमा लगेर वेपत्ता पारेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो ।
कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाँकेमा उपचार गरेर आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर यो घटना भएको हो ।
मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको अवस्था अझै अज्ञात छ ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...