२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

रियलमी जीटी सिरिजको फ्ल्यागशिप फोन नेपाली बजारमा, मूल्य ६६ हजार रुपैयाँ

काठमाडौं– नेपाली बजारमा रियलमी जीटी सिरिजको फ्ल्यागशिप फोन सार्वजनिक भएको छ । कम्पनीले क्वालकमको स्न्यापड्रागन सेभेन प्लस जेन थ्री चिपसेट भएको रियलमी जीटी सिक्स टी नेपाल भित्र्याएको हो ।

१२० हर्जको रिफ्रेस रेट भएको यो फोनको डिस्प्ले ७।७८ इन्चको रहेको छ । यसमा ६००० निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ ।

फोनमा १२० वाटको सुपरभोक चार्ज दिइएको छ । कम्पनीका अनुसार फोनको ब्याट्री १० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यस्तै फुल चार्जमा ३७ घण्टा टक टाइम, २४ घण्टा च्याट, २३ घण्टा भिडिओ र ८ घण्टा गेमिङ ब्याकअप दिने कम्पनीको भनाइ छ ।

एन्ड्रोइड १४ मा आधारित यो फोन रियलमी यूआई ५.० मा चल्छ । फाइभजी सपोर्ट भएको फोनमा वाई(फाई सिक्स, ब्लुटुथ ५.४, एनएफसी जस्ता फिचर छन् ।

डुअल सिम भएको फोनले डस्ट तथा वाटर रेसिस्टेन्टका लागि आईपी ६५ रेटिङ पाएको छ । यसमा डुअल क्यामेरा सेटअप पाउन सकिन्छ, जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । त्यस्तै ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यो फोनको मूल्य ६५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

 

Related News

बझाङमा एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
बझाङमा एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
  • २०८१ श्रावण ११

धनगढी । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि...

TOP