२०८१ माघ २, बुधबार
January 15, 2025, Wednesday

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ– घरेलु बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ श्रावण ७

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP