२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

दिपायलमा खुल्यो कालिका एग्रोभेट


दिपायल – डोटीका युवाहरुले दिपायलमा एग्रोभेट सञ्चालनमा ल्याएका छन् । सोमबारदेखि एग्रोभेट सञ्चालनमा ल्याइएको हो ।
कृषि र किसानलाई लक्षित गरेर डोटीमा आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने गरेर एग्रोभेट सञ्चालनमा ल्याइएको बताइएको छ ।

कृषिमा प्रयोग हुने सामग्री, बीउ बिजन, मल लगाएत सम्पूर्ण सामग्रीहरू उपलब्ध रहेको सञ्चालक डिल्लीराज जोशीले बताए ।

एग्रोभेट सञ्चालनसँगै कृषि क्षेत्रको प्रवर्द्धन र किसानलाई कृषिमा प्रेरित गर्ने खालका कार्यक्रमहरु पनि सञ्चालन गरिने उनले बताए।
एग्रोभेटको सञ्चालन जेसिजमा आबद्ध युवाहरुले गरेका हुन् । युवाहरुलाई व्यवसायिक बनाउने अर्को लक्ष सहित काम सुरु गरिएको सञ्चालकहरुले जनाएका छन्।

एग्रोभेट पिपल्ला बजार स्थित राष्ट्रिय वाणिज्य बैंकको अपोजिटमा रहेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ फाल्गुन २९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP