२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday
डोटीमा खुल्यो आधुनिक सुविधासम्पन्न सोरुम

दिपायलमै महेन्द्रा कम्पनीका गाडीहरु खरिद र मर्मत गर्न सकिन

डोटी – डोटीमा महेन्द्रा कम्पनीको सोरुम उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ग्यारेज र सोरुमको एकसाथ उद्घाटन गरिएको हो ।

अग्नी ग्रुपका डाइरेक्टर क्याविनेट श्रेष्ठ र दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले रिवन काटेर सोरुम र ग्यारेजको उद्य्घाटन गरेका हुन् ।

दक्षिणकाली मोटोकर्प प्रा.लि.ले सुदूरपश्चिमका पहाडी जिल्लाहरुलाई लक्षित गरेर महेन्द्राको सोरुम खोलेको हो । दक्षिणकालीले सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बाजुरा र कैलाली जिल्लामा सेवा दिदै आएको छ ।


सोरुमबाट महेन्द्रा कम्पनीका सबै मोडलका नयाँ गाडीहरु खरिद गर्न सकिने दक्षिणकाली मोटोकर्प प्रा.लि.का प्रबन्ध निर्देशक नविन जोशीले बताए । योसँगै सोरुममा महेन्द्रा कम्पनीका सबै गाडीहरुको फुल सर्भिसिङ्ग गरिने र स्पेयर पार्टसहरु उपलब्ध हुने उनले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आधुनिक तथा सुविधा सम्पन्न गाडी सोरुम तथा विक्री केन्द्र सञ्चालनमा ल्याउने यो पहिलो कम्पनी हो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा महेन्द्रा गाडीहरुको बढ्दो माग रहेको छ । ग्रामिण सडक तथा छोटो दुरीमा महेन्द्राका थुप्रै सवारी साधनहरु चल्ले गरेकाछन् ।

Related News

धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
  • २०७८ मंसिर २५

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन...

TOP