२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

दुईपांग्रे सवारीको अन्तशुल्क र सडक कर बढ्यो : मोटरसाइकल तथा स्कुटरहरु महंगिने

काठमाडौं– सरकारले प्रतिस्थापन विधेयकमार्फत दुईपांग्रे सवारीसाधनको अन्तशुल्क र सडक कर २ सय ७० प्रतिशतले वृद्धि गरेको छ । यसबाट अब विदेशबाट आयातित मोटरसाइकल तथा स्कुटरहरु महंगिने भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश खारेज गर्दै ल्याएको प्रतिस्थापन विधेयकमा थप कर लगाएका हुन् ।

अब १ सय २५ सीसीदेखि १ सय ५५ सीसीसम्मका मोटरसाइकल मूल्य बढेर आउँनेछन् । १ सय २५ भन्दा माथि र १ सय ५५ सीसीसम्मका दुईपांग्रे सवारीसाधनको सडक दस्तुर प्रतिगोटा ३ हजार बढाइएको छ ।

सरकारले कम सीसीका बाइक तथा स्कुटरको समेत सडक सम्भार शुल्क भनेर कर थपेको छ । कम आय भएका व्यक्तिले कम सीसीका सवारीसाधन खरिद गर्ने गर्छन् ।

नेपालमा प्रयोग भइरहेका सुजुकी, यामाहा, अप्रिलियालगायत ब्राण्डका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरमा अब मूल्यवृद्धि हुनेछ ।

यामाहाका एन म्याक्स १ सय ५५ सीसी, एसजेड १ सय ५० सीसी, एफजेड १६ एफआई १ सय ५० सीसी, एफजेड एफआई भीथ्री–१ सय ५० सीसी, एफजेडएस एफआई डीडी १ सय ५० सीसी, एफजेडएस एफआई भीथ्री १ सय ५० सीसी, एमटी १५–१५५ सीसी र आर १५–१५५ सीसी अब मूल्य बढेर आउँनेछन् ।

यस्तै, हिरो हंक १ सय ५० सीसी र आर १ सय ५० सीसी, होन्डा सीबी युनिकर्न १ सय ५० सीसी, अप्रिलिया एसआर १ सय ५४ सीसी, भेष्पा भीएक्सएल १ सय ४९ सीसी, बेनेली जेन जेरो १ सय ५० सीसीको पनि मूल्यवृद्धि हुने भएको छ ।

सुजुकी जिक्सर एसएफ १ सय ५० सीसी, जिक्सर १ सय ५० सीसी, जिक्सर डीटीडीडी १ सय ५४.९ सीसीको पनि महंगा हुने भएका छन् ।

अघिल्लो सरकारले १ सय ५५ सीसीसम्मका तथा १ सय ५५ सीसीदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत मात्रै अन्तःशुल्क लिने गरेको थियो । वर्तमान सरकारले विधेयकमार्फत १ सय २५ सीसी ननाघेका मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क तोकेको छ । १ सय २५ देखि २ सय सीसी सम्मको बाइकलाई १० प्रतिशत अन्तशुल्क वृद्धि गरेर ५० प्रतिशत पु¥याएको छ ।

२ सय सीसीदेखि २ ुसय ५० सीसी सम्मका मोटरसाइलकमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

५ सय देखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा बढाएर १ सय प्रतिशत यो सरकारले पुर्याएको छ ।

नेपालमा नै एसेम्बल हुने दुईपांग्रे सवारीसाधनमा भने सरकारको यो निर्णयले धेरै मूल्यवृद्धि हुने छैन । नेपालमा टीभीएस र बजाजले बाइक एसेम्बल गरिरहेका छन् ।

अन्तशुल्क वृद्धि नभए पनि नेपालमा नै एसेम्बल भएका सवारीसाधनमा ३ हजार रूपैयाँ सडक दस्तुर शुल्क भने बढ्ने छ । बढेको सडक दस्तुरका कारण उपभोक्तालाई केही भार थपिनेछ । नेपालमा नै सवारीसाधन एसेम्बल गर्ने कम्पनीले अन्तशुल्कमा ५० प्रतिशत छुट पाउने गरेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ भाद्र २७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP