तनहुँ– तनहुँमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत पर्ने आँबुखैरेनी मुग्लिन सडक खण्डको ऐनापहराबाट बस मस्र्याङ्दीमा खसेको हो ।
दुर्घटनामापरी १६ जना यात्रु घाइते भएकाछन् । पोखराबाट नेपालगञ्ज तर्फजाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ करिब ६ः३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।
उनका अनुसार तीन जनाको घटना स्थलमा शव भेटिएको छ भने १६ जना भाइतेको उद्धार गरिएको छ । मृतक र घाइतेको सनाखत भने भएको छैन । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन भएको छैन ।
काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको...