२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

पोखराबाट नेपालगञ्ज तर्फ आउँदै गरेको बस दुर्घटना : ३ को मृत्यु, १६ घाइते


तनहुँ– तनहुँमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत पर्ने आँबुखैरेनी मुग्लिन सडक खण्डको ऐनापहराबाट बस मस्र्याङ्दीमा खसेको हो ।

दुर्घटनामापरी १६ जना यात्रु घाइते भएकाछन् । पोखराबाट नेपालगञ्ज तर्फजाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ करिब ६ः३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

उनका अनुसार तीन जनाको घटना स्थलमा शव भेटिएको छ भने १६ जना भाइतेको उद्धार गरिएको छ । मृतक र घाइतेको सनाखत भने भएको छैन । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन भएको छैन ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७६ चैत्र ९

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP