नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी र तानाशाह भएको बताएका छन् ।
उनले पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उहाँ बयलगाडामै हुनुहुन्छ, धर्मनिरपेक्ष, संघीयताविरोधी प्रतिगमनकारी ठाउँमै हुनुहुन्छ, हामीले सच्चिनुभयो होला भन्ने ठान्यौँ, तर अहिले अपिल गर्दै गर्दा कहीँ न कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ, हामीले ओलीलाई बुझ्न सकिएनछ । यति निर्मम तरिकाले संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन । हामीले बनाएको प्रधानमन्त्रीले गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ ।’
उनले अगाडि थपे, ‘ओली विधि–विधानप्रति, कम्युनिस्ट आचारणप्रति स्खलित भइसकेको, मोहभंग भइसकेको पात्र हुनुहुँदो रहेछ । उहाँले भनेको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने विघटनबाट देखियो । उहाँ लोकतन्त्रवादी होइन, निरंकुश तानाशाह हो जसले देशलाई भड्खालोमा हाल्दै छ भन्ने प्रमाणित भएको छ ।’
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...