२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

सरकारविरुद्ध मोर्चा निर्माण गर्न विप्लवसहित ४ पार्टीबीच सहमति

काठमाडौं । प्रतिबन्धित नेकपासहितका चार पार्टीबीच केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध ‘रणनैतीक संयुक्त मोर्चा’ निर्माण गर्ने सहमति भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालबीच सरकारविरुद्ध ‘रणनैतीक संयुक्त मोर्चा’ निर्माण गर्ने सहमति भएको हो ।

चारवटै दलले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर ‘रणनैतीक संयुक्त मोर्चा’ को अवधारणा, संरचना र आगामी कार्यक्रम छिट्टै घोषणा गर्ने जनाएका छन् ।

मुलुकमा अहिले व्याप्त समस्याहरुको समाधान संसद् पुनस्र्थापना, मध्यावधि निर्वाचन अथवा संसदीय वयवस्थाभित्र सरकार परिवर्तन गरेर मात्रै हुन नसक्ने चारै दलको ठहर छ ।

मुलुकमा व्याप्त समस्या समाधानका लागि संघीय जनगणन्त्र/वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने उनीहरुको बुझाइ छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७७ पुष १४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP