२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

मध्यरातमा वडाध्यक्षको मोटरसाइकल गायब

कञ्चनपुरको बेलडाँडीका एक वडाध्यक्षको मोटरसाइकल घरबाटै चोरी भएको छ ।

वडा नम्बर २ का अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने सरकारी मोटरसाईलक घरको आँगनबाटै चोरी भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । उनका अनुसार शुक्रबार राति करिब १ बजेको समयमा गाउँपालिका कार्यालय अगाडी रहेको वडाध्यक्षकै घर आँगनबाट गाउँपालिकाको नाममा रहेको म.१ ब.४०९ नं को मोटरसाइकल चोरी भएको हो ।

मोटरसाइकल हराएको खबर पाएसँगै खोजी कार्य सुरु गरीएको प्रहरीले जनाएको छ ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ मंसिर २७

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP