काठमाडौं– देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर नौ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार दार्चुला, काभ्रे, चितवन, झापा र इलाममा भएका छुट्टाछुट्टै दुर्घटनामा नौ जनाको मृत्यु भएको हो।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ना.३ ख ३४८५ नम्बरको ट्रक सडकबाट सय २० मिटर तल खस्दा ट्रकचालक बैतडी न्वाली बस्ने २४ वर्षीय शेरसिंह कार्कीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
काभ्रेको बनेपा नगरपालिका–६ नयाँ तरकारीबजारस्थित सडकमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
चितवनको राप्ती नगरपालिका–६ कालिका पेट्रोलपम्प अगाडि सडकमा ना.६ त ३३८१ नम्बरको ट्याक्टरले ना.३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत प्रहरी जवान सुजन न्यौपानेको मृत्यु भएको छ।
चितवनको खैरेहनी नगरपालिका–१ बहेडा चोकमा ग.१ च ९७२१ नम्बरको स्कारपियोले ना.२९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने ३५ वर्षीय विजेन्द्र चौधरीको मृत्यु भएको छ।
इलामको देउमाई नगरपालिका–८ फुटानी चोकस्थित सडकमा मे.१ त ४७१९ नम्बरको ट्याक्टरबाट पल्टिँदा ट्याक्टरमा सवार देउमाई नगरपालिका–३ पानीटार बस्ने ३१ वर्षीय अर्जुन खातीको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिक सडकमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...