२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

गोकुल बाँस्कोटाले भने – नेकपा कोल्याप्स हुने भो, जय नेपाल !

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले तत्कालको नेकपा विवाद बढ्दै गए नेकपा कोल्याप्स हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्रसमेत रहेका पूर्व सञ्‍चारमन्त्री नेता बास्कोटाले बुधबार ट्विट गर्दै नेकपाले जनताको फैसला कुर्न नसके नेकपाको क्लाइमेक्स र कोल्याप्स यही समयमा देखिने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, “नेकपा विवाद हेर्दा बहुत सरलरुपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर,कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट वञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हो भने नेकपाको क्लाइमेक्स र कोल्याप्स यसै समयमा देखिने भो । त्यसपछि जय जय जय होइन, जय नेपाल

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आरोप्रत्यारोपका प्रतिवेदनहरु प्रस्तुत भएपछि मंगलबार बसेको सचिवालय बैठकमा चर्काचर्की भएको थियो ।

बुधबारको बैठकलाई भने प्रधानमन्त्री ओलीले बहिष्कार गरेका थिए । नेकपा सचिवालय बैठक अब मंसिर २० गते बस्‍ने भएको छ भने स्थायी कमिटी बैठक मंसिर २१ गते बस्‍ने तय भएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर १७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP