२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

मलाई र तनहुँ सभापतिलाई हिरासतमा राखिएको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको बताएका छन्। तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न नेता पौडेल गृह जिल्ला पुगेका थिए।

नगरपालिकाले बनाएको उक्त पुल उद्‌घाटन नेता पौडेलबाट नगराउनभन्दै नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए। 

त्यसको प्रति उत्तरमा कांग्रेस कार्यकर्ताले पनि प्रदर्शन गरेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ। उद्‌घाटन कार्यक्रम अहिले रोकिएको छ।

पुल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। र, पौडेललाई पनि सुरक्षा घेरामा राखिएको छ। 

नेता पौडेलले फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस!’

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १७

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १७

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १७

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP