२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

धनगढी उप–महानगरपालिका वडा नं ६ को कार्यालय भवन शिलन्यास

धनगढी- धनगढी उप–महानगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको बिहीबार शिलन्यास गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको शिलन्यास गरेका हुन । ९० लाख भन्दा बढीको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।

नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले समयमै वडा कार्यालय भवन सम्पन्न गर्न निर्माण कम्पनी सनलाईज कन्सट्रक्सन संग आग्रह गरिन । उनले भनिन्, निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी स्थानीयले पनि गर्नुपर्छ ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर ११

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर ११

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर ११

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP