२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरका १६ महिने बालकको मृत्यु

कञ्चनपुर- घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृत्यु भएको छ ।

बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ मंसिर १०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP