२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि

धनगढी- सेतीको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको ३ सय ७७ जनाको स्वाव परिक्षणमा कैलालीका ४५ तथा कञ्चनपुरका ६ जनामा संक्रमणपुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमान धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का ७ जना, वडा नमबर ३, ४, ७, १२, १६ र १८ का १÷१ जना, वडा नम्बर ५ का ५ जना, वडा नमबर ११ का २ जना तथा पहिचान नखुलेका धनगढीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार शनिबानै गरिएको परिक्षणमा कैलालीको टिकापुर नगरपालिकाका १६ तथा गोदावरी नगरपालिकाका १ र पहिचान नखुलेका कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सेतीकै परिक्षणमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ र वेल्डाँडी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ मंसिर ६

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP