२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन : १६ जनाको मृत्यु

काठमाडौं । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार साँझबाट प्रदर्शन शुरु भएको थियो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । कम्पाला शहरबाट ३०० जनालाई पक्राउ गरिएको त्यहाँको नगर प्रहरीले जनाएको छ ।

प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई पनि बिहीबार हिरासतमा लिएको छ । त्यसपछि प्रदर्शन थप हिंसात्मक भएको हो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी विपक्षी राजनीतिक दलको नेता हुन् ।

प्रहरीले बोबी वाइनलाई पक्राउ गरेपछि बिहीबार उनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर र कतिपय भौतिक संरचनामा आगजनी गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर ५

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ मंसिर ५

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ मंसिर ५

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP