२०७७ फाल्गुन १४, शुक्रबार
February 26, 2021, Friday

सुदूरपश्चिममा १७ सय ५ जना सक्रिय कोरोना संक्रमित

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५ रहेको छ । बुधबार प्रदेशका विभिन्न जिल्लाबाट १७ जना संक्रमित निको भएर घर गएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशमा नयाँ संक्रमित भने थपिएका छैनन् । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार सम्म सक्रिय संक्रमित बढी हुने जिल्लामा कैलाली रहेको छ ।

बुधबार कैलालीमा १ जना संक्रमित निको भएका छन् भने ७ सय ३४ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी अछाममा ७३, बैतडीमा ४८, बझाङमा २ सय २४, बाजुरामा १९, दार्चुलामा २ सय १३, डोटीका १ सय ४५, कञ्चनपुरका १३ र अन्य स्थानमा रहेर उपचार गराइरहेका २४ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनु्सार सुदूरपश्चिम प्रदेशमा हाल सम्म १ लाख १४ हजार ५ सय २९ जनाको स्वावको नमूना संकलन गरिएकोमा १ लाख १३ हजार ८ सय ६२ जनाको स्वाव परिक्षण भएको छ ।

परिक्षण भएका मध्य हाल सम्म १० हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ८ सय ४७ जनाको स्वाव परिक्षण हुन बाँकी रहेको छ ।

प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका १७, बझाङ र कञ्चनपुरका ३÷३, अछाम, बाजुरा र डडेल्धुराका २÷२ तथा बैतडी, दार्चुला र डोटीका १÷१ जना रहेका छन् ।

Related News

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ मंसिर ४

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
  • २०७७ मंसिर ४

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
  • २०७७ मंसिर ४

काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो।  अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...

TOP