२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

सरकार विरुद्ध १० वटा दलले प्रदर्शन गर्ने

धनगढी- विभिन्न १० वटा दलले कैलालीको धनगढीमा प्रर्दशन गर्ने भएका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल तथा नेकपा(माले) लगायतका विभिन्न १० वटा दलले धनगढीमा प्रदर्शन गर्ने भएका हुन । 

एमसीसी सम्झौता, कालापानी लिपुलेक लगायतका क्षेत्रको अतिक्रमण र कोरोना महामारीका बेला सरकारले देखाएको उदासिनताको बिरोधमा उक्त सभा गरिने जनमोर्चाका युवा नेता जगत जोशीले बताए ।

विभिन्न २२ दलले देशव्यापी रुपमा गर्न लागेको विरोध प्रदर्शनको कार्यक्रम अनुसार नै सुदूरपश्चिममा पनि प्रदर्शन हुने उनले बताए । उनले प्रदेश अन्तर्गतका दार्चुला, बैतडी, बाझाङ, डडेल्धुरा र डोटीमा पनि सोही दिन जिल्लास्तरीय संघर्षको कार्यक्रम गर्ने समेत जानकारी दिए ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७७ मंसिर ३

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP