काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा गहिरिँदै गएको संकटसँग जुध्ने थप रणनीति बनाउन आफू निकट नेताहरूसँग छलफलमा जुटेका छन्।
ओली अहिले आफ्नो निवास बालुवाटारमा उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल, पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र आफ्नो सचिवालयका सदस्यहरुसँग छलफलमा रहेको बालुवाटार स्रोतले बताएको छ।
आगामी शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक नरोक्ने दाहालले अडान लिएपछि ओली गहन छलफलमा जुटेका बताइएको छ।
बैठक सार्न भन्दै महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बिहान उनको निवास खुमलटार पुगेका थिए।
ओली पक्ष दाहालले शुक्रबारको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिए बैठक नबस्ने अडानमा छन्।
ओली पक्ष बैठक रोक्न र दाहाल नेपाल पक्ष जसरी बैठक बसाल्ने अडानका बीच नेकपाभित्रको विवादले झनै चर्को रुप लिने देखिएको छ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...