२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सुदूरपश्चिममा १६९१ जना सक्रिय कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा आठ हजार आठ सय १३ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीमा तीन हजार ६ सय आठ जना निको भएर घर फर्किएका छन । 

डोटीका एक हजार एक सय ९८, अछामका एक हजार एक सय १७, कञ्चनपुरका एक हजार ४९ जना संक्रमित निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयूस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । 

बझाङका चार सय ७३, बाजुराका चार सय ५१, बैतडीका चार सय ६७, डडेल्धुराका तीन सय ७७ र दार्चुलाका ७३ जना संक्रमित निको भएको महाशाखा प्रमुख कार्कीले बताए ।

यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ६ सय १३ रहेको छ । एक लाख १३ हजार पाँच सय ६५ जनाको स्बाब परिक्षण गरिएको छ । स्वाब संकलन गरेका चार सय ३८ जनाको परिक्षण हुन बाँकी रहेको छ । 

Related News

अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
  • २०७७ मंसिर २

बझाङ – बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका...

TOP