भ्याक्सिनको घोषणाले उत्साहित भएर ‘मात्तिन’ जरुरी छैन
आरोन इ. क्यारोल र निकोलस बागले / अमेरिकी कम्पनी फाइजर र जर्मन औषधी उत्पादक कम्पनीले ९० प्रतिशत सुरक्षित भनेर घोषणा गरेको खोप कोरोना विरुद्धको लडाइँमा सोचेभन्दा धेरै राम्रो उपलब्धी हो। र, सारा विश्वमा केही खुसीयाली छाउनुको कारण पनि यो एक हो।
यो खोपको एक भाइल नै यो संक्रामक भाइरसको अन्त्य गर्न काफी हुने आशा पनि पलाएका छन्।
तर खोपको यो विकासको मतलव हामी पूरै आनन्दित हुने र धेरै कुरा गर्न सकिने भन्ने होइन।
यसको मतलब हो यो खोप उपलब्ध नहुँदासम्म हामीले अझैं आफ्नो जीवनलाई निकै साँघुरो बनाउनुपर्नेछ।
यसको लक्ष्य यही हो कि अब हामीले भाइरससँगै धेरै समय बाँच्न सिक्नुपर्ने छैन।
अब हामीले बुझ्नुपर्ने एउटा निकै महत्वपूर्ण कुरा के हो भने यो हिँउदको मौसम हामीले बिरामी नभइ काट्नुपर्नेछ। यो हिउँदे मौसममा जो सुरक्षित हुनसक्छ त्यसपछि उ लगभग भाइरसबाट सुरक्षित हुनेछ।
यसर्थ जबसम्म हाम्रो हातसम्म खोप आइपुग्दैन त्यो बेलासम्म भाइरसको संक्रामक दर जति कम गर्नसक्यो उति नै महत्वपूर्ण हुन्छ।
यो हिँउदमा हामीले मृत्यु जित्नु भनेकै त्यसपछिको जीवन ढुक्कसँग बाँच्नु हो। अब यो अनिवार्यतामाथि हामी ढिलाई नगरौँ।
कुनै राम्रो विकल्पका खातिर मानिसलाई केही कुरा त्यागका लागि तयार गर्नु निकै कठिन काम हो।
यसमा कुनै शंका छैन कि हाम्रो हातमा खोप पुग्ने पुग्ने बेलामा यो अनिश्चिततासँग बाँच्न अझ धेरै कठीन हुनेछ।
हेरौं यो परिस्थितिको ठोस विश्लेषण अझ आउँदै गरेको ‘थ्याङ्क्स गिभिङ डे’ को बिदामा हुनेछ।
अमेरिकाको कुरा गर्ने हो भने खासगरी देशभरि भाइरसको संक्रमण एकदमै तीब्र गतिमा बढिरहेको छ।
अघिल्लो वसन्त ऋतुदेखि नै संक्रमणका हरेक विन्दुमा सामाजिक रुपमा हुने भेलाहरू निकै खतरनाक सावित भएका छन्।
त्यसैले आगामी ‘थ्याङ्क्स गिभिङ डे’मा हुने हरेक डिनर पार्टीहरू भाइरस प्रसारका लागि उपयुक्त्त मौका पनि हुनेछ।
त्यसका लागि धेरै परिवारले सरसामान जोहो गरिसकेका छन्। र उनीहरू आपसमा भेला भएर टेबल वरिपरि झुम्मिनेछन्। एकअर्कासँग नजिकिएर हाँसो मजाक गर्नेछन्।
हामीले हाम्रा नातेदार अनि आफन्तहरुलाई महिनौंदेखि देख्न पाएका छैनौं। एकअर्कामा हामी रोकिएका छौं।
यदि हामीले यो महामारी अर्को वर्षसम्म वा अझ धेरै समय चर्किएर जानेछ भन्ने विश्वास गर्छौं र त्यो विदाको समयमा हामी एकअर्काबीच फेरि जोडिने प्रयास गर्यौं भने त्यो भाइरस संक्रमण फैलिनका लागि अझ बढी घातक हुनेछ।
हामी सधैं धेरै प्रतीक्षा पनि गर्न सक्दैनौं। र हुनसक्छ यसपालि यो पासा पल्टिने छ।
फाइजरले यो वर्षको अन्त्यतिर ५ करोड डोज खोप वितरण गर्नसक्ने भनेको छ। तर अझैं उसलाई अनुमति पाउन बाँकी छ। त्यसको उत्पादन तथा वितरण त अझ अलि परको कुरा हो। २०२१मा अर्को एक अर्ब ३ करोड डोज आउनसक्छ।
यही बीचमा यदि अर्को भ्याक्सिन पनि आउने भयो भने कम्तीमा पनि आगामी वसन्त ऋतुसम्ममा यो महामारीबाट केही भएपनि मुक्त्ति पाइनेछ।
यदि यो समय रेखालाई मान्यौं भने हाम्रो आगामी लामो विदाको समयलाई नाघेर संक्रमण अझ धेरै बढ्नेछ।
हामीले हाम्रो भविष्य हेर्ने हो भने अब मानिसले कोभिड फैलिने जोखिमका बीच धेरै बस्नुपर्नेछैन।
केही महिनापछि आफू र आफन्तलाई हामीले अझ धेरै सुरक्षित देख्न चाहन्छौं र संक्रमण घटेको हेर्न चाहन्छौँ भने अझै केही त्याग गर्नैपर्छ। उसो भए हामी किन केही समय अझै प्रतीक्षा नगर्ने त?
सबै सामान्य हुँदै जानेछ। बिना प्रश्न कोभिड १९को मूल्य चुकाउनका लागि त्यागहरू आवश्यक छन्। त्यो मूल्य आर्थिकमात्रै होइन।
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै जटिल कुरा हो। र हामी आफै सावधान भएर त्यो संक्रमणबाट जोगिनसक्छौँ। यदि यो केही समयका लागि मात्रै हो भने सबै कुरा फेरि सहज हुनेछन्।
जोखिमका केही बदलिँदा तस्विहरूले पनि केही नीतिगत प्रभावहरू देखाएका छन्।
हायलकायल भएका युरोपेली देशहरू अझैं संक्रमण फैलिनबाट जोगिने आशमा फेरि आफैं लकडाउन गर्न थालेका छन्।
जर्मनी, फ्रान्स तथा बेलायतलगायत देशमा रेष्टुरेन्ट, बार, अनि जिमलगायत धेरै क्षेत्र अझैं बन्द छन्।
अमेरिकामा पनि धेरै क्षेत्रमा यस्तै भइसकेको छ। कतिपय राज्यहरुमा त्यो चर्को छ। यो यसकारण भइरहेको छ किनकि यो महामारीलाई अमेरिकाले जसरी सम्बोधन गर्यो त्यसलाई राजनीतिकरण गरियो।
तर अर्को पक्ष के पनि हो भने अनिश्चितकालीन ब्यापार बन्द देशका लागि धेरै महंगो पर्न जान्छ।
अनगिन्ति साना व्यापार सुकेका छन्। वेरोजगारीको समस्याले आकाश छुन लागेको छ।
त्यसैले यी तर्कहरु पनि आए कि हामी यो बढ्दो संक्रमणसँगै बाँच्नुपर्छ किनकि हामी वर्षैभरि लकडाउन गर्न सक्दैनौँ।
तर मास्क अनिवार्य गरिनुपर्छ। सामूहिक भेलालाई पूर्णप्रतिवन्ध लगाइनुपर्छ।
यदि केही समयका लागि अस्थायी रुपमा गरिएको हो भन्नेमा हामी विश्वस्त छौँ भने व्यापार बन्द पनि सैह्य हुनसक्छ।
यसैगरी फाइजरको खोप घोषणाले राष्ट्रिय अर्थतन्त्रलाई मजवुत बनाउन मदत गर्नेछ।
कोभिड १९ले अझैं तमाम व्यवसायलाई निकै निर्ममतापूर्वक नोक्सान गरेको छ। या त यही कारण फेरि यी बन्द हुन बाध्य हुनेछन् वा मानिस बाहिर निस्किन छोडे भने यी व्यवसाय फेरि बन्द हुनेछन्।
तर उनीहरूलाई राहतका लागि अमेरिकी सदनले ‘खाली चेक’ बाँड्न जरुरी छैन।
वस् एक सुखद सम्भावनाका लागि मात्रै केही महिनाको समयसीमा आवश्यक छ।
यी संशाधनहरू उपलब्ध गराउँदा राजनीतिक रुपमा केही फाइदा हुन्छ। किनकि अहिले सरकारले संक्रमणको संख्या गणना बाहेक केही गर्न सकेको छैन। अनियन्त्रित रुपमा बढिरहेको यो संक्रमणलाई रोक्नका लागि सरकारले काम गरेको दाबी गर्नसक्छ।
फाइजरको खोप सफलताको घोषणा एकदमै अप्रत्याशित सुखद समाचार हो। तर हामीले यति बेला हामीले फेरि हाम्रा सावधानीहरूलाई बिर्सिएर मात्तियौं भने त्यो भूल निकै दु:खदायी हुनेछ।
तसर्थ अझैं घरभित्रै सुरक्षित बसौं। अझैं निरन्तर मास्क लगाऔं।
यो एक म्याराथन हो। तर, यसको अन्त्य पहिलाभन्दा धेरै नजिक छ।
आयोमेलबाट साभार
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...