डडेल्धुरा- नागरिक समाज डडेल्धुराकाका संयोजक रमेश प्रसाद जोशीको मोटरसाइकलमा आगजनी भएको छ । पार्किङ गरी राखिएको जोशी र स्थानीय सुरेश मल्लको गरी दुई वटा मोटरसाइकलमा आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ मा गएराति करिव साढे १ बजे तिर आगजनी भएको हो ।
जोशीको से १ प ५३९४ र मल्लको से ४ प १४३ नम्बरको मोटरसाइकलमा आगजनी भएको प्रहरी निरीक्षक चन्दले बताए ।
प्रहरीका अनुसार मोटरसाइकलमा आगजनी गरिरएको हो वा होइन, गरिएको भए कसले र किन गर्यो भन्नेबारे अहिले खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...