काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पुरुषमा बाझोपनको समस्या सिर्जना गरेको पाइएको छ । युनिभर्सिटी अफ मियामीमिलर स्कुल अफ मेडिसिनले गरेको अनुसन्धानमा कोरोना भाइरसले पुरुषमा बाझोपनको समस्या सिर्जना गरेको पाइएको हो ।
अनुसन्धानले कोरोना संक्रमणमुक्त भएका मध्ये २० प्रतिशत पुरुषमा बाझोपन गराएको देखाएको छ । अनुसन्धानअनुसार कोरोना संक्रमित पुरुषको अण्डकोषमा एक महिनासम्म भाइरस रहन्छ भने त्यसले अण्डकोषलाई निष्कृय पारिदिन्छ ।
अनुसन्धान प्रमुख रञ्जित रामासामीले लामो समयसम्म संक्रमण भएर निको भएका पुरुषहरुको अण्डकोषमा झण्डै एक महिनासम्म भाइरस रहेको र उनीहरुमा कुनै लक्षण नभएको पाइएको बताएका छन् ।
“कोरोना भाइरसले फोक्सो र मिर्गौलामा असर गर्छ भन्ने विभिन्न अध्ययनले देखाए पनि यसको दीर्घकालीन असर प्रजनन् स्वास्थ्यमा समेत पर्ने यस अध्ययनले देखाएको छ,” रामासामीलाई उद्धृत गर्दै ‘डेलिमेल’ ले जनाएको छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...