२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सुदूरपश्चिममा १,१०,९४४ जनाको पिसिआर परिक्षण : १६४२ सक्रिय संक्रमित

कैलाली- सुदूरपश्चिम प्रदेशमा हाल सम्म संक्रमण पुष्टि भएका मध्य १ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सक्रिय संक्रमित हुने मध्य सवैभन्दा बढी संक्रतिक कैलालीमा छन् भने सवै भन्दा कम संक्रमित बाजुरामा रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार सम्म कैलालीमा ७ सय ३२ सक्रिय संक्रमित रहेका छन् । यसै गरी बझाङमा २ सय १, दार्चुलामा २ सय ८, डोटी र कञ्चनपुरमा समान १ सय २१, अछाममा ९३, डडेल्धुरामा ८०, बैतडीमा ४८, बाजुरमा १८ र अन्य जिल्लामा संक्रमण पुष्टि भएका २० जना सक्रिय संक्रमित रहेका छन् ।

१ लाख १० हजार ९ सय ४४ को पिसिआर परिक्षण

सुदूरपश्चिम प्रदेशमा हाल सम्म १ लाख १० हजार ९ सय ४४ जनाको पिसिआर पद्धतिबाट कोरोना परिक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ७ वटा प्रयोगशालामा गरिएको १० हजार ९ सय ४४ स्वाव परिक्षण मध्य १ लाख ३ हजार ८९ जनामा कोरोना नेगेटिभ रहेको छ ।

प्रदेशमा हाल सम्म कोरोना संक्रमण बाट २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका १५, बझाङका ३, अछाम र बाजुराका २/२ तथा कञ्चनपुर, डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका १/१ जना रहेका छन् ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक २५

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP