बझाङ –बझाङको बित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोभिड १९ संक्रमण देखिएपछि गाउँपालिका तीन दिनका लागि बन्द गरिएको छ ।
कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका कार्यालय कार्तिक २८ गतेसम्मको लागि बन्द गरिएको प्रवक्ता हर्क बहादुर धामिले बताए । ‘संक्रमण फैलन सक्ने जोखिमका कारण तीन दिन गाउँपालिकाका सबै सेवा बन्द गरिएको उनले जानकारी दिए ।
जिल्ला अस्पताल बझाङमा २४ गते गरिएको परिक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना र गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको पहिचान गरि स्वाब संकलन थालिएको छ । ‘५० जना बढिको स्वाब संकलन गरेर पठाउने तयारी गरिएको छ,’ प्रवक्ता धामीले भने। गाउँपालिकाले कार्यालय बन्द गर्ने सूचना जारी गरेपछि कार्यालय बन्द भएपनि वडा कार्यालय र बजार भने खुलेका छन् ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...