२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

रहेनन् सांसद सूर्यबहादुर केसी

काठमाडौँ – सांसद सूर्यबहादुर केसीको निधन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीको पोखरास्थित निवासमै निधन भएको हो।

उनी मधुमेह र उच्च रत्तचापको समस्याबाट पीडित थिए। लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका केसी पहिलो संविधान सभाको निर्वाचनमा पनि राप्रपाबाट समानुपातिक सांसद बनेका थिए।

केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए। केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सफल थिए।

सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक १८

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP