२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

ईश्‍वर पोखरेलले भने – प्रचण्डकै कारण पार्टी फुट्ने स्थितिमा पुग्‍यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्‍वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टी फुटको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैँसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठ्यारो स्थितिमा पुगेको नेता पोखरेलले बताए ।

उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको आरोप लगाएका छन् । उनले भने, “बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो । गर्नु के पर्थ्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरागरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पुर्‍याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्ने वित्तीकै बिग्रेको हो ।”

पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्नेपनि उनले बताए । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए । उनले भने, “फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्‍यो, त्यो आधारमा टेक्नुपर्‍यो, त्यहाँ टेकेर अगाडि बढ्नु पर्‍यो । यदि सकारात्मक निष्कर्षमा पुर्‍याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन । यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ ।”

अहिलेपनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने, “अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथिहरुसित सल्लाह गर्दै समिकरण बनाउने र त्यो समिकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्‍याउँछ ।”

नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केहीपनि काम गर्न नसकेको समेत बताए । यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए ।

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७७ कार्तिक १७

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७७ कार्तिक १७

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७७ कार्तिक १७

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP