२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

वृद्धामाथि करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ: उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धालाई यौन शोषण र करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए ।

घटना गत साल पुसको हो । उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता पु¥याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको भनी जाहेरी परेको जनाइएको छ । त्यसपछि अधिकारी फरार थिए । 

सोही निवेदनका आधारमा खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेकोे अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ कार्तिक १७

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP