२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

घोडाघोडीका मेयरमा पनि देखियो कोरोना संक्रमण

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ । 

कात्तिकमा १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमबार उनीसहित नगरपालिकाका अन्य ४ जना कर्मचारीलाई भाइरसको संक्रमण पुष्टि भएको हो । 

नगरप्रमुख चौधरीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । 

त्यस्तै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रावललाई पनि सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक १७

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP