२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

तीनजना कोरोना संक्रमितले होम आइसोलेसनमै ज्यान गुमाए

मोरङ-मोरङ्गको उर्लाबारी नगरपालिकाका २ र विराटनगरका १ जनाको कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई पुरुष र उर्लाबारी नगरपालिकाको होम आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु भएको हो। सोमबार विहान ९ बजेर ४० मिनेटमा नोबेलमा उपचाररत विराटनगर महानगरपालिका ६ का ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएसँगै कार्तिक १२ गते विरामी पुरुषलाई उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

त्यसैगरि, उर्लाबारी नगरपालिका ६ का ५४ वर्षीय पुरुषको पनि उपचारको क्रममा नोबेलमा मृत्यु भएको छ । कार्तिक ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका पुरुषको सोमबार विहान साढे ९ बजे मृत्यु भएको हो।

विरामीमा कोरोना भाइरस संक्रमणपूर्व श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । त्यसैगरी, उर्लाबारी ७ का ५८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । कार्तिक ६ गते कोरोना पुष्टि भएका पुरुष आफ्नै घरमा स्वास्थ्यलाभ गर्दै आएका थिए।

सोही वडाका अध्यक्ष वीरबल थापाका अनुसार होम आइसोलेसनमा रहदाँ स्वास्थ्यमा समस्या थपिदै जादाँ विहान ९ बजे मृत्यु भएको हो। वडाध्यक्ष थापाले मृतकमा मृगौलाको समस्या रहेको थियो।

दुवै मृगौलाको डाइलासिस गर्नका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पु¥याइएका विरामीको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ कार्तिक १७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP