२०७८ माघ ६, बिहीबार
January 20, 2022, Thursday

अब हप्ताको दुई दिनमात्रै कोरोना ब्रिफिङ हुने

काठमाण्डौं- सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।

दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो।

अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए।

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो।

Related News

कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
  • २०७७ कार्तिक १२

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख...

३८.३५ अंकले घट्यो नेप्से परिसूचक
३८.३५ अंकले घट्यो नेप्से परिसूचक
  • २०७७ कार्तिक १२

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार...

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७७ कार्तिक १२

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार...

TOP