झापा-वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
उनले मंगलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताएका छन्। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए।
हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
डडेल्धुरा- अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काग्रेस विजयी भएको...