२०७७ फाल्गुन २०, बिहीबार
March 4, 2021, Thursday

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्न भनेपछि नेता थापाले विरोधस्वरुप प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य थापाले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

सरकारले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने÷गराउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगदिश्वर गौतमका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भएको छ ।

Related News

पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ कार्तिक ३

डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...

होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
  • २०७७ कार्तिक ३

डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ कार्तिक ३

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

TOP