डोटी – चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो ।
एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको छ ।
गीतको एरेञ्ज चर्चित लोकदेउडा गायक सुरेश शाहीले गरेका छन् । गीतको म्युजिक भिडियो कटक बुढा र मालती न्यौपानेले गरेका छन् । भने उत्पादन एसएस स्टुडियोले गरेको छ ।
चर्चित देउडा गायक साउँदले यसअघि चारवटा देउडा गीत सार्वजनिक गरिसकेका छन् ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...