२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

सुदूरपश्चिममा १२ सय ८२ जना सक्रिय संक्रमित

डोटी- सुदूरपश्चिम प्रदेशमा सकृय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ । मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ति मध्य सकृय संक्रमित १२ सय ८२ रहेको छ ।

प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सकृय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा बढी सकृय संक्रमित कैलालीमा ६ सय ७३ रहेका छन् ।

यसैगरी डोटीमा १ सय ३५, बझाङमा १ सय २२, कंचनपुरमा १ सय १८, अछाममा ५५, बैतडीमा ५०, दार्चुलामा ८३ र बाजुरामा ६ जना सकृय संक्रमित रहेका छन् । ३ जना सकृय संक्रमित भने प्रदेश वाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन् ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ आश्विन २८

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP