२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

शिखर ११ मा फोकस युवा क्लव गठन : अध्यक्षमा सुरेन्द्र बलायर

डोटी- शिखर नगरपालिका वडा नं. ११ मा युवा क्लव गठन गरिएको छ । वडाका युवाहरु, बुद्धिजीवी, समाज सेवी लगायतको आम भेलाले स्थानीय युवा सुरेन्द्र बलायरको अध्यक्षतामा फोकस युवा क्लब गठन गरेको हो ।

क्लवको उपाध्यक्षमा राम बलायर, सचिवमा केशब बलायर, सह–सचिवमा गणेश बलायर, कोषाध्यक्षमा प्रिया बलायर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा टेक नेपाली, तेज बलायर, अमर बलायर, तेज बहादुर बलायर, सन्तोष कामी र केशब बलायर चयन भएका छन् ।

क्लवको सल्लाहकारमा रमेश बहादुर रोकाया, गगन बलायर, देवीलाल ओझा, हरी बलायर, राम बहादुर बलायर, विनोद बलायर , अर्जुन बहादुर बलायर रहेका छन् ।

क्लवले युवाहरुको नेतृत्व विकास, खेलकुद, समाजिक शुसासन, भ्रष्टाचार, सामाजिक मुद्धा लगायतका विषयमा केन्द्रित रहेर कार्य गर्ने अध्यक्ष बलायरले बताए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ आश्विन २६

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP