काठमाडौं– देशभर २७९ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेशअनुसार प्रदेश १ मा ३० जना, २ मा २० जना, बागमतीमा १५५ जना, गण्डकीमा ६ जना, लुम्बिनीमा ४७ जना, कर्णालीमा १९ जना र सुदूरपश्चिममा २ जना छन्। त्यसैगरी भेन्टिलेटरमा ६७ जना छन्।
प्रदेश १ मा १५ जना, बागमतीमा ४६ जना र लुम्बिनीमा ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।
काठमाडौं उपत्यकामा आज सोमबार २२ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी १४ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ । यीमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...