डोटी- सायल गाउँपालिकामा नेकपाले आयोजना गरेको कार्यक्रम छाडेर युवाहरु कांग्रसमा प्रवेश गरेका छन् । गाउँपालिकाको वडा नं. ४ र ५ का गरी १५ जना युवाहरु कांग्रस प्रवेश गरेको कांग्रेस नेता धर्मराज जोशीले जानकारी दिए ।
नेकपाले गाउँपालिकाको वडा नं. ५ देउरमाण्डुमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी हुन गएका युवाहरु सोही वडाको भाङोबुयामा कांग्रस नेताहरुलाई भेटेर प्रवेस गरेको नेता जोशीले बताए ।
कार्यक्रममा नेकपाका नेताहरुले गरिरहेको भाषण र उनिहरुले सञ्चालन गरेको सरकारका गतिबिधिमा तालमेल नदेखे पछि कांग्रस प्रवेश गरेको नव प्रवेशी युवा कमल डुम्रेलले बताए । नेकपाका दलित नेता पदम बहादुर नेपाली, नरेश किम्तोला, सुरेश डुम्रेल, कैलाश किम्तोला, भक्त डुम्रेल, कर्ण डुम्रेल, अभिनास डुम्रेल लगायत १५ जनाले कांग्रेसको सदस्यता लिएर प्रवेश गरेको नेता जोशीले जानकारी दिए ।
नवप्रवेशीलाई कांग्रेस नेताहरुले आजै स्वागत गरेका थिए ।
धनगढी – ‘जसको कोही हुँदैन, त्यसको लागि ईश्वर हुन्छन्।’ यो...