२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

देउवाले बुढिगण्डकीमा भ्रष्टाचार गरेको प्रमाण देखाउन बाबुरामलाई कांग्रेसको चुनौती

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवाले बुढिगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौती दिएको छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसै हप्ता गोरखा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले बुढिगण्डी आयोगमा नौ अर्ब भ्रष्टाचार गरेको बताएका थिए।

भट्टराईले तीन ठूला नेताको मिलोमतोमा बुढिगण्डकी आयोजनाको भविष्य अनिश्चित पारिएको दाबी गर्दै उनीहरुले भ्रष्टाचार गरेको प्रमाण दिन आफू तयार रहेको बताएका थिए।

भट्टराईको उक्त भनाइप्रति आपत्ति जनाउँदै आइतबार कांग्रेसले देउवाले भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौति दिएको हो। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भट्टराईको भनाइलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्।

शर्माले भनेका छन्, ‘प्रमाणको दाबा पुष्टि गर्न चुनौतिसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील। बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

१२ सय मेगावटाको जलायशयुक्त बुढिगण्डकी आयोजना सरकारले आफ्नै खर्चमा बनाउने कि विदेशी कम्पनीलाई दिने भन्ने विवाद हुँदै आएको छ। तत्कालिन देउवा नेतृत्वको सरकारले बुढिगण्डकी आफ्नै लगानीमा बनाउने निर्णय गरेपनि ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको छ।

उक्त निर्णयप्रति कांग्रेसले निरन्तर विरोध जनाउँदै आएको छ। कांग्रेस नेतृत्वको सरकारले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अध्ययन समिति गठन गरेर निर्माणको मोडालिटीबारे अध्ययन गरेको थियो।

उक्त समितिले स्वदेशी लगानीमै बुढिगण्डकी आयोजना निर्माण गर्न सकिने निष्कर्ष सुझाएको थियो। गोरखा र धादिङ जिल्लामा बन्ने आयोजना निर्माणका लागि सरकारले मुआब्जा वितरण अन्तिम चरणमा पुर्‍याएको छ।

Related News

अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
  • २०७७ आश्विन २५

बझाङ – बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका...

TOP