२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कञ्चनपुरमा दुई जना मृत भेटिए

कञ्चनपुर- कञ्चनपुरमा छुट्टा छुट्टै स्थानमा २ जना मृत भेटिएका छन् । जिल्लाको कृष्णपुरन नगरपालिका र महाकाली नगरपालिकामा २ जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ वर्षकै तुलसीदेवी सुनार मृत भेटिएको बताए ।

रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

उनीहरु दुवै जना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन २५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP