काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना पुष्टि हुनेको कुल संख्या १ लाख ६७६ पुगेको हो।
पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार २७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल ११ लाख ४५ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ।
आज २७ हजार ५३ जना सक्रिय संक्रमित छन्। जसमध्ये ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा र १५ हजार ८७७ जना होम आइसोलेसनमा छन्।
हाल ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...