२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday
मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा. केसीसँग भने दम्भ देखाउँदै

एक वर्षअघि नै प्रधानमन्त्रीको हातमा सतर्कता केन्द्रको प्रतिवेदन : मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब

नवराज मैनाली/ काठमाडौं- शिक्षामा सरकारले तोकेभन्दा मेडिकल कलेजले १८ लाख रुपैयाँसम्म बढी शुल्क लिए भनेर अभिभावक रोएका छन्, विद्यार्थीले नारा लगाएका छन्, डा. गोविन्द केसी पटकपटक अनशन बसेका छन् । यो सारा आवाज सरकारले उपेक्षा गरेको छ । त्यति मात्र होइन, सरकारले नै गठन गरेको छानबिन समितिको ठहर छ– मेडिकल कलेजले तीन वर्षमा तीन अर्ब ठगी गरे । अभिभावक रुवाउने, विद्यार्थी तर्साउने यी मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा. केसीसँग भने दम्भ देखाउँदै छ । 

सरकारले नै गठन गरेको छानबिन समितिले मेडिकल शिक्षाका नाममा भइरहेको लुटको भयावह तस्बिर फेला पारेको हो । ‘नेपाली विद्यार्थीबाट मात्र तीन वर्षमा तीन अर्बभन्दा बढी असुल गरिएको छ, विदेशी विद्यार्थीबाट उठाइएको शुल्क बेहिसाब छ,’ छानबिन समितिको ठहर छ । 

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे विद्यार्थी, डा. केसी र मिडियाले लगातार आवाज उठाएपछि सरकारले सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो । 

६ महिना अध्ययन गरेर तयार पारेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले गत वर्ष ७ कात्तिकमा प्रधानमन्त्रीलाई बुझाएको थियो । ‘गैरकानुनी रूपमा लिएको अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालकहरूलाई ठगी मुद्दा चलाउन समितिले समेत सिफारिस गरेको थियो । तर, अहिलेसम्म न कसैलाई कारबाही भयो, न पैसा फिर्ता भयो,’ सतर्कता केन्द्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने ।

पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज, वीरगन्जको नेसनल मेडिकल कलेजमा विद्यार्थीले आफैँ आन्दोलन गरेर पैसा फिर्ता गर्न दबाब दिएका थिए । तर, सरकार आफैँले कसैलाई पनि कारबाही गरेको छैन । 

पुरा समाचार पढ्नुहोस्

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन २१

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ आश्विन २१

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ आश्विन २१

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP